२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

च्यानमका दलित अगुवा भन्छन् ‘जग्गा पायौं दातासँग खुसी छौं, आश्वासन मात्रै पायौं नेतासँग दुःखी छौं’



ओखलढुंगा । ओखलढुंगाको च्यानममा नमुना बस्ति बनाउन सरोकार समिति गठन गरिएको छ । दाताले दिएको जग्गामा बस्ति बसाएर पहिरोको जोखिममा रहेकालाई सुरक्षित स्थानमा सार्ने योजना अनुसार नमुना बस्ति बसाउन सरोकार समिति गठन गरिएको हो ।

स्थानीय युवा समाजसेवी सन्तोषकुमार बस्नेतले सुनकोशी गाउँपालिका ८ आम्बोटेमा ५ रोपनी जग्गा रजिष्ट्रेसन पास गरेर नमुना बस्ति बनाउन दिएका थिए । उक्त जग्गामा बस्ति बसाएर सुनकोशी ८ भोटेबारीका पहिरोको जोखिममा रहेका २० घर दलित समुदायलाई त्यहाँ सार्ने योजना थियो । जग्गाको लालपुर्जा हस्तान्तरण कार्यक्रममा संघिय तथा सांसद, स्थानीय तहका जनप्रतिनिधि लगायतका सरोकारवालाले तत्काल प्रकृया अघि बढाउने आश्वासन दिएका थिए । अहिले सम्म कुनै काम नभएको स्थानीय निर्मला नेपालीले बताईन् । उनले भनिन् ‘जग्गा पायौं दातासँग खुसी छौं । आश्वासन मात्रै पायौं नेतासँग दुःखी छौं ।’ वर्षाको समय अगावै बस्ति स्थानान्तरण गरिदिन जोखिमयुक्त क्षेत्रका नागरिकको माग छ ।

दाताले जग्गा निःशुल्क उपलब्ध गराएको लामो समय सम्म नमुना बस्तिको काम अघि नबढेपछि पैरविका लागि सरोकार समिति बनाईएको छ । छत्रबहादुर बस्नेतको अध्यक्षमा गठित समितिको सचिवमा दिलबहादुर दर्जी, कोषाध्यक्षमा तुलसी कुमारी श्रेष्ठ, सदस्यहरु ओमकुमारी दर्जी, कुमारी विश्वकर्मा, वृखबहादुर मगर, अमृत बस्नेत, नविक श्रेष्ठ, नैनकला बस्नेत छन् । यो समितिले च्यानममा नमुना बस्ति निर्माण र जोखिमयुक्त बस्ति स्थानान्तरणमा सरकार र सरोकारवालासँग समन्वय सहितको आवश्यक भूमिका खेल्ने जनाईएको छ ।

प्रकाशित मिति : २०७७, ३ पुस शुक्रबार ००:००  ४ : ५२ बजे