२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खाद्य आत्मनिर्भरतामा गुणस्तरीय बीउ र वैज्ञानिक खेति प्रणालीको आवश्यकता



सिद्धान्त रानाभाट

नेपाल कृषि प्रधान देश हो र कृषि क्षेत्रले ओगटेको कुल गृहस्थ उत्पादन (GDP) को ३०% हिस्सामा मध्य  धानले मात्र  २०% योगदान गरेको छ। बढ्दो जनसंख्या तर घट्दो खेतीयोग्य जमिनले खाद्य सुरक्षामा निकै ठुलो चुनौती निम्त्याएको छ। किसानको जीवन स्तरोन्नति, युवालाई रोजगार र समग्र देशको विकास, कृषिबाट मात्र सम्भव हुने कुरामा दुईमत छैन।

हामी माटोमा जे रोप्छौ, त्यहीँ अनुरुपको फल उपभोग गर्न पाउछौ। धान खेतिमा पनि बीउको महत्त्व नहुने कुरै भएन। बीउको छनोट , ब्याड बनाउने तरिका र त्यसको प्रयोगले उत्पादन निर्धारणमा सबै भन्दा ठुलो भूमिका खेलेको हुन्छ। कृषि उत्पादनमा गुणस्तरीय बीउको महत्त्वकोज्वलन्त उदाहरण हाम्रै छिमेकी चिनमा पाउन सक्छौ । चिनले सिमित प्राकृतिक श्रोतबाट, अझ विस्तृत रूपमा भन्नुपर्दा विश्वको जम्मा ५% जलश्रोत र ७% खेतीयोग्य जमीनबाट विश्वकै २०% जनसंख्याको पेट भरेको छ। यसको मुख्य श्रेय कृषि अनुसन्धानमा ठूलो लगानी गरेवापत विकसित भएका धानका विभिन्न उन्नत र शंकर जातका बीउहरुमा जान्छ। त्यस्तै बाङ्गलादेशमा बोरो धानमा आधुनिक खेती प्रविधि “सुख्खा प्रत्यक्ष बीजयुक्त बोरो धान उत्पादन प्रविधि ” को विकाससँगै किसानहरूले आधा पानीको खपातमा उहीँ उत्पादनको लाभ उठाउन सक्ने भएका छन। जसले गर्दा लागतमा कम लाग्ने निश्चित छ।

बाङ्गलादेशकोबोरो धानमा आधुनिक खेती प्रविधि “सुख्खा प्रत्यक्ष बीजयुक्त बोरो धान उत्पादन प्रविधि “

गुणस्तरीय बीउमा रोगसँग लड्ने क्षमता देखि लिएर सुख्खा र बाढी जस्ता प्रतिकूल स्थितिमा पनि राम्रो उत्पादन दिने क्षमता हुन्छ।त्यसका साथसाथै गुणस्तरीय बीउको प्रयोग गर्दा उत्पादन २०-३०% ले वृद्धि हुने गर्द्छ। नेपालमा विभिन्न समयमा थुप्रै उन्नत र शंकार जातका बीउ जारी भए पनि केही वाहेक अरु किसानको प्राथमिकतामा पर्न भने सकेका छैनन। निर्वाहमूखि खेती, रैथाने बीउको विशेषता प्रति बढी आकर्षण, उन्नत बीउ महँगो हुने र समयमा नपाईनु, हरेक वर्ष किनिरहनु पर्ने, रोग र किराहरुबाट बढी प्रभावित हुनु, ठुला कम्पनीले बेचेको बीउ नै विश्वसनीय नहुनु आदि प्रतिस्थापन दर बढी नहुनुका मुख्य कारणहरू हुन्। 

धानको बीउ राख्दा केही महत्त्वपूर्ण कुराहरुमा ध्यान पुर्याउन सक्यौं भने उत्पादन राम्रो हुन जान्छ। 

) बिउकोछनोट

  • उन्नतजातकोबिउछनोटगर्ने।
  • पुर्णरूपमाजातीयशुद्धताभएको
  • आफ्नोलगाउनेठाउँकोहावापानीसुहाउँदो,जुन सिफारिस क्षेत्रमा हेर्न सकिन्छ।

बिउछनोटगर्दाराम्रो, ठुलोदानाभएको,रोगनलागेको, किरालेनखाएकोरझारपातकोबिउनमीसिएकोहुनुपर्छ।

२)बिउ बाहऐक अरु कुरा हटाउने

  • यसको लागि नुनपानिको प्रयोग गरिन्छ।
  • उचित घनत्व भएको नुनपानीमा बीउ हाल्दा सजिलै पानीको माथि उत्रिनेलाई हटाउने र पिधमा थिग्रनेलाई स्वस्थ बीउ मान्न सकिन्छ।
  • कति नुन पानीमा हाल्ने सम्बन्धमा, अन्डा पानीमा दुबाएर नुन हाल्दा जबसम्म सतहमुनि आउदैन तबसम्म नुन हालिराख्नु पर्द्छ।
  • थिग्रिएको बीउको उर्वर शक्ति तैरिएको बीउको भन्दा १५-२५% ले बढी हुन्छ , चाडो उम्रन्छ र बोट स्वस्थ्य हुन्छ। यसरी छानिएको बीउमा साधारणतह १० देखि १५ % सम्म उत्पादन बढेको पाइन्छ।

३. रोप्नुभन्दा पहिले गरिने बीउ उपचार 

  • बीउलाई ८-१० घन्टा राम्रो सफा पानीमा भिजाउनु पर्छ।
  • बीउबाट प्रसार हुने ढुसिबाट लाग्ने रोगको रोकथाम गर्न “कार्बेन्डाजिम” र ” वेविस्टिन” जस्ता ढुसिनाशक औसधिले उपचार गर्नु पर्दछ ।

४) जग्गाको छनोट र तयारी 

  • घाम लाग्ने, उर्वर माटो भएको, सिंचाइको सुविधा भएको, पशु तथा चराको अनुगमन गर्न मिल्ने ठाउँमा 
  • जग्गा तयारी गर्दा एक महिना अगाडि गहिरो जोत्नुपर्छ।
  • बीउ राख्नु अगाडि आवश्यक मल हालेर माटो मसिनो हुने गरि २-३ पटक जोत्नुपर्छ।

ब्याड दुई तरिकाले राख्न  सकिन्छ।

१) धुले (सुख्खा ) ब्याड

  • पानी कम हुने ठाउँमा ऊपर्युक्तहुन्छ
  • यसले बालिलाई खडेरी हुन गएमा त्यसबाट प्रतिरोधी बनाउछ ।
  • तर धुले ब्याडबाट तयार गरिएको बाली मरुवा ( rice blast) बाट सम्वेदन्शील हुन्छ।

२) हिले ब्याड 

  • प्रशस्त पानी भएको ठाउँमा ऊपर्युक्त हुन्छ
  • यसबाट तयार भएको बाली मरुवासग सम्वेदन्शील हुदैन तर डढुवा (bacterial leaf blight)  बाट भने सम्वेदन्शील हुन्छ।

वर्तमान अवस्थामा अरबौको धान आयत गर्ने नेपाललाई आत्मनिर्भर बनाई चार दशक अघि जस्तै चामल निर्यात गर्ने अवस्थामा पुर्याउन नेपालमा भएका रैथाने बीउहरुको संरक्षण र तिनको प्रयोगबाट प्रतिकूल अवस्थामा राम्रो उत्पादन दिने उन्नत र शंकर जातका बीउहरु उत्पादन गरि किसान सामु सहजरूपमा पुर्याएर वैज्ञानिक तरिकाले खेती गर्न आवश्यक छ ।

लेखक : रानाभाट लम्जुङ्ग क्याम्पस कृषि स्नातक तह छैटौं सत्रान्तका विद्यार्थी हुन्

‘कृषि सराेकार र युवा समुह’ कृषि सरोकार र युवा कृषि अध्ययन गरिरहेका युवाहरुको समुह हो । याे समुहमा समग्र देश भित्रका कृषि क्षेत्रका सम्भावना, अवसर, चुनाैती, सरकारकाे कृषि नीति किसानका खेतबारीका सवाल सहित का विषयमा खोज अनुसन्धान र छलफल हुन्छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै त्यसमा युवा वर्गकाे सहभागिता बढाउने लक्ष्य राखेकाे याे समुहमा हुने छलफल र त्यसबाट निकालिएकाे निचाेज लेख रचनाका माध्यमबाट अनलाइन सराेकारमा नियमित प्रकाशन हुन्छ । यहाँ प्रकाशित लेख रचना र छलफल अनुसन्धान गर्नुपर्ने विषयमा कुनै सुझाव वा प्रतिक्रिया भए [email protected] मा पठाउन सक्नुहुनेछ ।

प्रकाशित मिति : २०७७, १ असार सोमबार ००:००  २ : ५६ बजे