२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालभर ‘योगदान राष्ट्रको लागि’ अभियान चलाउँदै अभियान्ता उप्रेती



नविन धमला

काठमाडाैं – सामाजिक अभियान्ता ओम उप्रेतीले नेपालभर ‘योगदान राष्ट्रको लागि’ अभियान सञ्चालन गर्ने भएका छन् ।  CONTRIBUTION TO THE NATION नामक फाउन्डेसनको स्थापना गरेर देशैभर अभियान चलाउने भएका हुन् ।

फाउन्डेसनको केन्द्रिय, प्रादेशिक र जिल्ला समिति गठन हुने र त्यसमा देशभरका राष्ट्रका लागि योगदान गर्न इच्छुक युवाहरु समेटिने छन् । देशका ७७ वटै जिल्लामा ३० जनाका दरले युवाहरु समेटेर समाजको रुपान्तरणका लागि सकृय बनाईने छ ।

पहिलो चरणमा सबै किसिमका आकस्मिक तथा प्राथमिक उपचार एवम् विपद् उद्धार सम्बन्धि चार दिने तालिम दिइने छ ।

दुबईको डिस्कभरी रोयल स्पोर्टस (एलएलसी) का प्रोप्राइटर समेत रहेका अभियान्ता ओम उप्रेतीले योगदान राष्ट्रको लागि नामक फाउन्डेसनको स्थापना गरेर राष्ट्रका लागि योगदान गर्ने युवाहरुलाई नेतृत्व दिने बताए । चितवनका ओम उप्रेती विगत देखि नै विपद्मा परेर अकालमा ज्यान गुमाउनेहरुको संख्या घटाउने अभियानमा लागिरहेका छन् ।

नेपालमा प्राथमिक उपचारको ज्ञान अभावका कारण धेरैको अकालमा नै ज्यान गुमाउन बाध्य हुनु परेको अवस्थालाई मध्ये नजर गर्दै निःशुल्क प्राथमिक उपचार तालिमको अभियान संचालन गर्दै आएका छन् । तालिममा करेण्ट लागेमा, सर्पले टोकेमा, रक्तस्राव भएमा, आगोले पोलेमा, विष सेवन गरेमा, हृदयघात, किराको टोकाई, दम, श्वास प्रश्वासलगायत गरी १५ प्रकारका समस्या आइपरेमा प्राथमिक उपचारबाटै जीवन रक्षा गर्न सकिने उपायका बारेमा जानकारी गराउँदै आवश्यक सिप सिकाइन्छ ।

२०७४ साल चैत्र १ देखि चितवनबाट सुरु गरेको निःशुल्क प्राथमिक उपचार तालिम अभियान देश भर सञ्चालन गर्ने उप्रेतीको योजना छ । 

प्रकाशित मिति : २०७७, ३ असार बुधबार ००:००  १० : २६ बजे