२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध



काठमाडौं । सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म बाहिर हिँडडुल गर्न प्रतिबन्ध लगाएको छ । शुक्रबार गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र पठाएर राति १० बजेदेखि बिहान ५ बजेसम्म पैदल यात्रुको आवागमन रोक्न निर्देशन दिएको हो । कोरोनाको जोखिम बढेको भन्दै गृहले हिँडडुल र जमघटमा कडाइ गरेको हो ।

गृहले अत्यावश्यक कामबाहेक मानिसलाई रातिमा हिँडडुल नगर्न आग्रह गरेको छ । यस्तै मालवाहक गाडीमा यात्रु ओसारपसार भइरहेकाले चालक र सहचालकबाहेक अरुले यात्रा गर्न नपाउने र यसको कडा निगरानी हुने पनि गृहले जनाएको छ ।

यस्तै विवाह, मृत्यु, चाडपर्व, पूजा पाठलगायतका धार्मिक र सांस्कृतिक कार्यक्रममा धेरै भिडभाड हुन थालेको भन्दै गृहले बढीमा १५ जनाभन्दा धेरै जम्मा नहुन पनि निर्देशन दिएको छ । उद्योग, कलकारखाना र विकास निर्माणका कार्यमा एकपटकमा एक ठाउँमा बढीमा १० जनाभन्दा धेरै व्यक्ति भेला हुन नपाउने गृह मन्त्रालयले जनाएको छ ।

ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती महिला बालबालिका लगायतलाई सकभर घरभित्रै रहन मन्त्रालयले अनुरोध गरेको छ । कोरोनाको जोखिम हेरेर स्थानीय प्रशासनले अत्यावश्यकबाहेकका जुनसुकै क्रियाकलापमा बन्देज लगाउन सक्ने पनि गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ५ असार शुक्रबार ००:००  २ : १४ बजे