२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विदेशी बुहारीलाई सात वर्षपछि मात्रै नागरिकता दिने नेकपाको निर्णय



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले विवाह गरेको सातवर्षपछि मात्रै अंगीकृत नागरिकता दिन सकिने निष्कर्ष निकालेको छ । शनिबार बसेको नेकपा सचिवालय बैठकले विदेशी बुहारीलाई सात वर्षपछिमात्र नागरिकता दिने निर्णय गरेको हो ।

बिहे गरेको सात वर्ष पुगेको र सम्बन्धित देशको नागरिकता त्यागेको पुष्टि भएपछि नेपाली नागरिकता पाइने प्रावधानमा नेकपा अडिग रहेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नागरिकता विधेयक दुई वर्षदेखि संसदीय समितिमा अलपत्र छ । राज्यव्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नेपालमा निरन्तर ७ वर्ष बसोबास गरेपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने प्रस्ताव गरेको छ । तर, कांग्रेसले विद्यमान कानुनमा संशोधन परिवर्तनको आवश्यकता नरेहेको अडान लिँदै आएको छ ।

नागरिकता विधेयकमा सहमति जुटाउन गृहमन्त्रीले बुधबार संसदीय समितिमा ५ दिन समय माग गरेका थिए । बिहीवारको नेकपा नेताहरुसँगको छलफलमा कांग्रेसले बैवाहिक अंगीकृत नागरिकताका सम्बन्धमा हाल विद्यमान कानुनमा कुनै संशोधन र परिवर्तनको आवश्यकता नभएको पुरानै अडान प्रस्तुत गरेको थियो । कांग्रेसको अडानपछि प्रधानमन्त्री ओलीले पार्टीमा छलफल गरेका हुन् ।

प्रकाशित मिति : २०७७, ६ असार शनिबार ००:००  ६ : १३ बजे