२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोर्खा भर्ती खारेज गर्न विप्लव समुहको माग



काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको (नेकपा)ले गोर्खा भर्ती खारेज गर्न माग गरेको छ । आज एक बिज्ञप्ति जारी गर्दै विप्लवले गोर्खा भर्ती तत्काल खारेजीको माग गरेको हो । गोरखा रेजिमेन्ट अङ्ग्रेज साम्राज्यवादकालीन र नेपाली सामन्ती राणाकालीन सम्झैताको निरन्तरता भएको भन्दै विप्लव समुहले यसको खारेजी गर्न माग गरेको छ ।

तत्कालीन समयमा पैसा र चाकडीका लागि युवाहरुलाई अर्काको देशका लागि लड्न पठाउने चलन २१ औं सताब्दीमा पनि देशका लागि लज्जास्पद र अपाच्य हुने विप्लव समुहको ठहर छ । भारतले चीनसँगको सीमामा दुई पक्षका सैनिकबीच झडप भएपछि विदामा बसेका नेपाली गोर्खा सैनिकलाई बिदा कटौती गरेर बोलाएको प्रसंग जोड्दै चीनबिरुद्ध लड्न नेपाली गोर्खाली सेना पठाउन लागेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ ।

नेपाली नागरिकले कुनै पनि देशको सेनामा भर्ती भएर अर्को देशकाविरुद्ध युद्धमा भाग लिने कार्य स्वीकार्य नहुने विप्लव समुहको ठहर छ । बिज्ञप्तिमा दुई समान छिमेकीकाबीचमा नेपाल र नेपाली जनताका लागि अति संवेदनशील र खतरनाक रहेको भन्दै गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न भारतलाई आग्रह गरिएको छ । विप्लब समुहले नेपाली युवाहरूलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकु नबन्न अपिलसमेत गरेको छ ।

प्रकाशित मिति : २०७७, ६ असार शनिबार ००:००  ८ : ०३ बजे