२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडकमा सुतेर प्रदर्शनः बेसारे प्यार, काम कहिले सरकार ?



काठमाडौं । काठमाडौंको सुन्धरा–शहीद गेट क्षेत्रमा युवाहरुले सडकमा सुतेर सरकारको विरोध गरेका छन् । युवाहरुले आज बिहान नागरिकको हितमा सरकारको काम अति कमजोर रहेको र भ्रष्टाचार बढेको विरोधमा सडकमै सुतेर प्रदर्शन गरेका हुन् ।

कोरोना परीक्षणको दायरा बढाउनुपर्ने माग गर्दै आएका उनीहरुले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारको कमजोर प्रयास, विभिन्न क्षेत्रमा भएका भ्रष्टाचार र राष्ट्रियसभामा सम्बोधन गर्ने क्रममा कोरोना भाइरसलाई सामान्य भन्दै बेसार पानी खाए हुने भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको आलोचना गर्दै प्रदर्शन गरेका हुन् ।

पीसीआर परीक्षण बटाउनु पर्ने, स्वास्थ्य सेवा बिस्तार गर्नु पर्ने बेला सरकार भ्रष्टाचारमा लिप्त भएर प्रधानमन्त्रीले बेसारलाई ओखतीका रुपमा प्रस्तुत गर्नु लाजको कुरा रहेको प्रदर्शनकारीले बताएका छन् ।

प्रकाशित मिति : २०७७, ६ असार शनिबार ००:००  ८ : ३३ बजे