२०८२, ३ चैत्र मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अक्सिजन प्लान्ट जडान गर्दै चाँगुनारायण नगरपालिका



भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले अक्सिजन प्लान्ट जडान गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित चाँगुनारायण अस्पतालमा प्लान्ट जडान गरिन लागेको हो ।

प्लान्ट जडान गर्न नगरपालिकाले चाँगुनारायण फाउन्डेसनसँग सम्झौता गरेको छ । करिब १ करोड ५७ लाख रुपैयाँ बराबरको लगानीमा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिनेछ । त्यसका लागि फाउन्डेसनले ६० प्रतिशत र नगरपालिकाले ४० प्रतिशत रकम बेहोर्ने समझदारी भएको नगरप्रमुख साेमप्रसाद पाण्डेले बताए । काेराेना कहर नियन्त्रणमा नगरपालिकाले निरन्तर प्रयास भइरहेकाे पाण्डेले बताए

फाउन्डेसनका अध्यक्ष मणिराज खत्रीले चाँगुनारायण अस्पताललाई व्यवस्थित बनाएर नगरबासीलाई स्वस्थ राख्न यो महामारीमा आ–आफ्नो ठाउँबाट सहयोग गर्ने अभियान थालेर नगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न लागिको उनले बताए ।

खत्रीका अनुसार नेदरल्यान्डस्थित स्टिचिङ नेपाल नामक संस्थासँग समन्वय गरी प्लान्ट स्थापना गर्न लागिएको हो । १ महिनाभित्रै प्लान्ट सञ्चालनमा ल्याउने योजना बनाएको फाउन्डेसनले हालसम्म २१ लाख रुपैयाँ संकलन गरिसकेको छ । खत्रीले अबको केही दिनदेखि अस्पतालमा प्लान्ट जडानका लागि काम सुरु गरिने जनाइएकाे छ ।

प्रकाशित मिति : २०७८, १५ जेठ शनिबार ००:००  १२ : ३० बजे