२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनासँग जुध्न औषधीय गुणयुक्त आहर, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीसँग जुध्न औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण विषय रहेको बताएका छन् । छैटौँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा जोड दिएमात्र निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्ने बताए ।

उनले समृद्ध नेपाल सुखी नेपाली सरकारको राष्ट्रिय आकाङ्क्षा रहेकाले त्यो पूरा गर्ने आधारका रुपमा  शारीरिक एवं मानसिक रुपले स्वस्थ्य र निरोगी नागरिक हुनुपर्ने बताए । प्रधानमन्त्री ओलीले योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न सबैमा आह्वानसमेत गरे । सन् २०१५ बाट संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय योग दिवस मनाउन शुरु गरेपछि संसारभर जुन २१ लाई योग दिवसका रुपमा मनाइँदै आएको छ ।

सन्देशमा उनले योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज रहेको भन्दै मानसिक अन्तर्यात्रामार्फत शारीरिक तथा मानसिक स्वास्थ्यको अध्ययन गर्ने योग शास्त्रको महत्व आधुनिक युगमा झनै मुखर भइरहेको बताए ।

प्रकाशित मिति : २०७७, ७ असार आइतबार ००:००  १ : १७ बजे