२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पामा पहिरो: दुईको मृत्यु, सवारी साधन पुरियो



काठमाडौं । पाल्पाको तानसेन नगरपालिका ११, सम्मोबारीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । पहिरोले तीन वटा गाडी बगाएको छ । पाल्पा गुल्मी सडक खण्डमा आज दिउँसो पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको नम्बर नखुलेको तीन वटा सवारी साधन कार, ट्रक र मिनि ट्रकलाई सडकमाथिबाट खसेको पहिरोले बगाएर सडक तल भीरमा पु¥याएको प्रहरीले जनाएको छ ।

घटनामा मृत्यु भएका दुई जनाको सडक तलबाट शव निकालिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृतकहरुको पहिचान खुल्न सकेको छैन् । एक जनालाई भने गम्भीर अवस्थामा उद्दार गरिएको छ ।

अहिले उद्धारका लागि प्रहरी र स्थानीय बासिन्दा खटिएका छन् । एउटा गाडी पहिरोमा तल पुगेकाले त्यसमा के कति यात्रु छन् भने जानकारी नभएको र माथिबाट पहिरो खस्ने क्रम नरोकिएका कारण उद्धारमा कठिनाइ भइरहेको पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिए ।

घटनाको थप विरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २०७७, ८ असार सोमबार ००:००  १ : ३५ बजे