२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यका प्रवेश गर्नेलाई १४ दिन होम क्वारेन्टाइनमा राख्न गृहको निर्देशन



काठमाडौं । गृह मन्त्रालयल उपत्यका प्रवेश गर्नेलाई १४ दिन होम क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ । मंगलबार उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई उक्त निर्देशनसहित परिपत्र गरेको हो ।

पछिल्लो समय घरधनीले पीसीआर विधिबाट कोरोना सङ्क्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाने गरेका छन् ।

पीसीआर टेष्टका लागि आउनेहरू बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरूलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहमा पत्र पठाएको छ ।

उक्त पत्राचारपछि गृहले काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूलाई स्वास्थ्यको पत्रअनुसार कारबाही गर्न निर्देशन दिएको हो ।

प्रकाशित मिति : २०७७, ९ असार मंगलबार ००:००  १ : २३ बजे