२०८१, ३ जेठ बिहीबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेर्नुहोस् मीरा र कृष्णको तीज गीत “जाम कि नजाम भो” (भिडियोसहित)



काठमाडौं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिँदै जाँदा नेपाली बजारमा तीज विशेष गीतहरू धमाधम आउँन थालेका छन् । यसैक्रममा तीजलाई मध्यनजर गर्दै गायक कृष्ण काफ्ले  र गायिका मीरा तामाङको स्वरमा नयाँ तीज गीत सार्वजनिक भएको छ । कृष्ण काफ्लेको शब्द तथा लय सिर्जनामा “जाम कि नजाम भो” गीतको भिडियो बजारमा आएको हो ।

गीतको भिडियोमा मिरा  र कृष्ण दुवैजनाको अभिनय रहेको छ । गीतमा महेश पुनको एरेन्ज छ भने मिक्सिङ कृष्ण पुनले गरेका छन्। भिडियोमा दुर्गा पौडेलको निर्देशन तथा छायाँकङ्न, नवीन घर्तिमगरको सम्पादन तथा माधव श्रेष्ठको कोरियाग्राफी रहेको छ ।

यसअघि मिराको सालैजो, स्याङ्जा बजारमा, परदेशी हुनाले, देउन आर्शिवाद, एउटा चीनो छ लगायतका गीतहरु बजारमा छन् ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : २०७७, ९ असार मंगलबार ००:००  २ : ३४ बजे