२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा स्थायी कमिटी बैठक आज



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेपछि बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने पार्टीका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

यसअघि वैशाख ३१ गते पार्टीको केन्द्रीय मुख्यालय धुम्बराहीमा बैठक बस्ने भनिए पनि स्थायी कमिटीका सदस्यको कोरोना जाँचपछि मात्र बस्ने भन्दै स्थगित गरिएको थियो । स्थायी कमिटी सदस्य वेदुराम भुसालले बैठकका लागि कुनै कार्यसूची आफूहरुलाई नदिइए पनि सरकारको कामको समीक्षा, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी), बजेट र कोभिड–१९ का बारेमा बैठकमा छलफल हुने बताए ।

बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा अनुशासन, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकको पनि उपस्थिति हुने छ । त्यस्तै बैठक बस्नु अघि हिजो नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल भएको थियो ।

प्रकाशित मिति : २०७७, १० असार बुधबार ००:००  १२ : ५४ बजे