२०८२, ३ पुस बिहीबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रियसभा निर्वाचनकाे समिक्षा र भावी याेजना तय गर्न गठबन्धनकाे बैठक बोलाइयो



काठमाडौं । आगामी निर्वाचनका विषयमा सत्ता गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । आजको छलफलमा सत्ता गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुको बैठक भोलि बोलाउने सहमति भएको छ ।

प्रधानमन्त्री शेरबहादुर, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक घण्टा छलफल गरेका हुन् ।

स्रोतले भन्याे, ‘आजको छलफलमा भोलि सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको छ ।’ सत्ता गठबन्धनमा स्थानीय तहको निर्वाचन केही पछि धकेल्ने विषयमा बहस हुँदै आएको छ ।

ऐनमा स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिनुभन्दा दुई महिना अगाडि नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने व्यवस्था छ भने संविधानमा कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गरे हुने उल्लेख छ ।

प्रकाशित मिति : २०७८, १४ माघ शुक्रबार ००:००  १ : ४७ बजे