२०८२, २९ असार आइतबार | Sun Jul 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएका डेढ दर्जन अधिकारकर्मी पक्राउ



काठमाडौं। रुकुम घटनाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका डेढ दर्जन अधिकारकर्मी पक्राउ परेका छन् । बुधबार दिउँसो प्रधानमन्त्रीसँग समय लिएर बालुवाटार पुगेका अधिकारकर्मीलाई गेटमा पुगे लगत्तै प्रहरीले नियन्त्रणमा लिएको साझा पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले जानकारी दिए ।

परियारका अनुसार बालुवाटारबाट लक्ष्मी परियार, सुनिता मरिक (डोम), दुर्गा बराइली, शर्मीला बागचन, शोभा सेन्चुरी, नानीमैया फुकोटी, हिक्मत महरा, लक्ष्मी थापालगायत डेढ दर्जन अधिकारकर्मी पक्राउ परेका हुन् ।

पक्राउ परेका सबैलाई प्रहरीले भृकुटीमण्डप लगेको छ ।

प्रकाशित मिति : २०७७, १० असार बुधबार ००:००  १० : २५ बजे