२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा स्थायी समिति बैठकमा सात बुँदे एजेण्डा पेश



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठकमा एमसीसीलगायत सात बुँदे एजेन्डा पेश भएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको स्थायी समिति बैठकले शुक्रबारको बैठकका लागि ७ बुँदे एजेण्डा तय गरेको हो । एमसिसीको बारेमा ठोस निर्णय गर्न सक्ने भन्दै निकै महत्वका साथ हेरिएको बैठकले छलफलको एजेण्डा मात्रै तय गरेको छ । बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले ७ वटा कार्यसूची तयर गरेको जानकारी दिए ।

७ बुँदे कार्यसूचीमा अध्यक्षद्धयले वर्तमान सन्दभमा बैठकको प्रारम्भमा नै मन्तव्य राख्ने, कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने, सिमा समस्या र समाधान, सरकारको कामको समिक्षा, पार्टी कामको समिक्षा र सांगठनिक एकताको पुर्णता, एमसीसीबारे र विविध विषय रहेका छन् । विविध विषयमा रुकुमपश्चिममा भएको जातिय विभेदको घटना, नागरिकता विधेयक तथा सांसद र प्रदेशसभा सदस्यको बैठक भत्ता नलिने विषय रहेको प्रवक्ता श्रैष्ठले जानकारी दिए ।

बैठकको सुरुमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्था र नेकपाको कार्यभारबारे धारणा राख्नुभएको थियो । त्यसैगरी कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी, सरकार र कम्युनिष्ट आन्दोलन र पुरा गर्नुपर्ने जिम्मेवारीबारे धारणा राखेका थिए ।

अर्को बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाईएको छ ।

प्रकाशित मिति : २०७७, १० असार बुधबार ००:००  १० : ४० बजे