२०८१, ७ जेठ सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसदमा सांसदकाे गर्जन :’दीर्घ रोगीको उपचारमा ध्यान देउ’



अनलाईन सरोकार

सांसदहरुले कोरोना संक्रमणको त्रासका बेला दीर्घरोगीहरुको उपचारमा कठिनाई भएको प्रति चासो दिन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाकाे बुधबार बसेकाे बैठकमा सांसदहरुले सरकारकाे ध्यानाकर्षण गराएका हुन् ।

कोरोना संक्रमितसँगै दीर्घरोगी र अन्य विरामीहरुको उपचार हुन नसकेको, पर्याप्त पूर्वाधार नभएको अवस्था सुधार्न उनीहरुले आग्रह गरे ।

साथै विदेशमा अलपत्र परेकालाई नेपाल ल्याउन उपयुक्त प्रकृया मिलाएर कदम चाल्न उनीहरुले माग गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सांसद नन्दा चपाईंले कोरोना संक्रमित विरामी र दीर्घ रोगी तथा गर्भवति महिलाको चेकजाँच एउटै ठाउँमा भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

कोरोना संक्रमितको उपचारका लागि फरक र अन्य विरामीहरुका लागि फरक अस्पताल निर्माणमा ध्यान दिन उनले आग्रह गरिन ।

सुविधायुक्त ठाउँमा संक्रमित व्यक्ति र गर्भवति महिलाको उपचार गर्ने अस्पताल फरक–फरक भए पनि धेरै प्रदेशहरुमा दुबै प्रयोजनका लागि एउटै अस्पताल रहेको तर्फ ध्यान दिनु पर्ने उनको भनाई थियो ।

नेपाली कांग्रेसका सांसद प्रकाश पन्थीले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारले विदेशमा संकटमा रहेका नागरिकलाई स्वदेश ल्याउन चासो नदिएको भन्दै आलोचना गरे । उनले असजिलोमा परको नेपालीलाई प्राथमिकताका आधारमा उद्धार गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

नेकपा सांसद मायाप्रसाद शर्माले द्वन्दकालिन समयमा जागिर गुमाएका शिक्षकहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे । शान्ति प्रकृयासँग जोडिएको विषय भएकाले सरकारले त्यस्ता शिक्षकको पूनर्वहाली वा क्षतिपूर्तिको लागि बजेट छुट्याउन पर्ने उनको माग थियो ।

प्रकाशित मिति : २०७७, ७ जेठ बुधबार ००:००  ७ : ३५ बजे