२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सलहको क्षति न्युनीकरणका लागि गम्भीर बन्न काँग्रेसको माग



काठमाडौं । नेपाली कांग्रेसले सलह किराको रोकथाम र नष्ट गरी यसबाट हुने क्षति न्युनीकरण गर्न सरकारलाई आग्रह गरेको छ । पार्टीको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय समन्वय समितिले आइतबार विज्ञप्ति जारी गरी सलह किराबाट हुने सम्भावित क्षतिप्रति ध्यान दिँदै क्षति न्यूनिकरणका लागि गम्भीर हुन माग गरेको हो ।

सरकारी निकायले यो विनाशकारी किरा प्रवेश गर्ने सम्भावना कम रहेको भन्दै प्रभावकारी ढंगले पूर्वतयारी नगरेकामा कांग्रेसले आपत्ति जनाएको छ । काग्रेसको छाया सरकारको कृषि तथा पशुपंछी विकास मन्त्रालय समन्वय समितिका संयोजक पदमनारायण चौधरीले जारी गरेको विज्ञप्तीमा सरकारको यस किसिमको उदासिन प्रवृत्तिले नेपालीलाई एक पछि अर्को आघात पुगेको जनाइएको छ ।

प्रकाशित मिति : २०७७, १४ असार आइतबार ००:००  ८ : १५ बजे