२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल आएको सलहको बथान सानो छ, नआत्तिनुस्ः कृषि मन्त्रालय



काठमाडौं । नेपालमा देखिएको सलह किराको बथान सानो रहेकाले यसले धेरै क्षति नपुर्याएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । नेपाल आएको सलहको झुण्ड सानो रहेकाले तत्काल ठूलो क्षतिको सम्भावना नरहेको भन्दै किसानहरुलाई नआत्तिन मन्त्रालयले आग्रह गरेको छ ।

नेपाल प्रवेश गरेका सलह, सलह पुगेको जिल्ला, त्यसले पुर्याएको क्षति, सम्भावित यात्रालगायतका विषयमा विस्तृत विवरण मन्त्रालयले आजै पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरेको छ । भारतमा सलह किराको ठूलो बथान सक्रिय भएकाले त्यसको गतिविधिमा निगरानी गर्न नेपाल सरकारले संयुक्त राष्ट्र संघ र भारतीय अधिकारीहरुसँग समन्वय गर्ने भएको छ ।

कृषि मन्त्रालयमा आाइतबार विज्ञहरुसँगको छलफलपछि कृषिमन्त्री घनश्याम भुसालले विज्ञहरुको सल्लाहका आधारमा सो निष्कर्षमा पुगेको बताए । विज्ञहरुले भारतको राजस्थानबाट सलह किराको अझै ठूलो मुभमेन्ट हुने देखिएको जानकारी गराएका थिए ।

उक्त बथान नेपाल आउँछ आउदैन भन्ने बारेमा भारतको कृषि मन्त्रालयका अधिकारीहरु र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अधिकारीहरुसँग समन्वय गरेर ट्र्याकिङ गरिने मन्त्री भूषालले बताए ।

प्रकाशित मिति : २०७७, १४ असार आइतबार ००:००  ८ : २४ बजे