२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसलाई महाधिवेशनको चटारो



काठमाडौं । एकातिर कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर बढ्दो छ, अर्कोतिर स्थानीय तह, प्रदेश र केन्द्रको चुनावी सिजन नजिकिँदो छ । त्यसैले, आगामी फागुन ७-१० सम्म गर्ने तय भएको १४ औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि बस्दैछ ।

पार्टी कार्यालय सानेपामा मंगलबार दिउँसो १ बजे बस्ने बैठकले महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने सम्भावना छ । यद्यपि महाधिवेशनको मिति (२०७७ फागुन ७) भने हेरफेर नहुन सक्छ ।

आइतबार बसेको पदाधिकारी बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले कार्यतालिका हेरफेरको मस्यौदा ल्याएका थिए । एक नेता भन्छन्, ‘ आगामी फागुन ७ को मितिलाई हेरफेर नगर्ने गरी के-के गर्न सकिन्छ भनेर प्रस्ताव आएको थियो । त्यसमा हामीले आफ्नो सुझाव दिएका छन् । त्यसअनुसार भोलि प्रस्ताव आउला ।’

यो सबै कोभिड-१९को संक्रमणले कस्तो रुप लिन्छ भन्नेमा पनि निर्भर हुन्छ ।

सरकारले कोरोना संक्रमण साउन अन्तिम साता तथा भदौ पहिलो साता पिकमा पुग्ने अनुमान गरेको छ । कोरोना नियन्त्रणमा आउन फागुन महिना लाग्न सक्ने स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । त्यसैले कांग्रेसको कार्यतालिका बनाए पनि त्यसअनुसार फटाफट कामहरु हुन्छन् भन्ने अवस्था छैन ।

प्रकाशित मिति : २०७७, १५ असार सोमबार ००:००  ४ : १५ बजे