
काठमाडौं । काठमाडाैंमा प्रहरीले तीन सय ट्याक्सी नियन्त्रणमा लिएकाे छ । लकडाउनका कारण आफूहरु भोकभोकै बस्नु पर्ने अवस्था आएको भन्दै प्रदर्शनमा निस्किएका ट्याक्सी प्रहरीले समातेकाे हाे ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरुलाई केशरमहल, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराजगञ्ज, गोंगबु लगायतका क्षेत्रबाट नियन्त्रणमा लिएको महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले जानकारी दिए । ३ सय ८ वटा ट्याक्सीलाई नियन्त्रणमा लिइएको उनले बताए ।
ट्याक्सी व्यवसायी दिपक केसीले भने प्रदर्शनमा निस्किएका ट्याक्सीलाई नियन्त्रणमा लिएर प्रहरीले दमन गरेको बताए ।