२०८१, ८ जेठ मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित



अनलाईन सरोकार

काठमाडाैं- सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएकाे छ । प्रतिनिधिसभाको मंगलबारको बैठकले आर्थिक वर्ष ०७७–७८ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही २ जेठमा संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिनिधिसभाका सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

नीति तथा कार्यक्रममाथि सांसदहरू डा. मीनेन्द्रप्रसाद रिजाल, दुर्गा पौडेल, प्रेम सुवाल, लक्ष्मणलाल कर्ण र सरिता गिरीले संशोधन प्रस्ताव राखेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले संशोधन प्रस्ताव फिर्ता लिन सांसदहरूलाई समय दिएको र उनीहरूले फिर्ता लिन अस्वीकार गरेपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

संसद्को बहुमतले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो ।

प्रतिनिधिसभाको अर्काे बैठक यही १३ जेठमा दिउँसो १ः०० बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ७ जेठ बुधबार ००:००  ८ : ०५ बजे