रामेछापको मन्थली नगरपालिका–६ कुनाउरी र ७ भटौलीलाई जोड्ने तामाकोशी नदीमा निर्माणाधीन मोटरेबल पुल भाँचिएको छ । निर्माणको क्रममा रहेको उक्त पुल आइतबार बिहान भाँचिएको हो । पुलको भटौलीतर्फको भागको स्ल्याब भाँचिएर तल खसेको छ । सोही पुल यसअघि पनि वैशाख २६ गते भाँचिएको थियो । निर्माणको जिम्मा लिएको कालिका र कल्पवृक्ष जेभीले यसअघि भाँचिएको पुलको…