गत साता गृह मन्त्रालयले ४६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गर्यो । सरुवासम्बन्धी नयाँ कार्यविधि जारी गरेलगत्तै त्यसैबमोजिम गृहले सिडिओ हेरफेर गरेको थियो । कार्यविधिमा सिडिओको कार्यसम्पादन मूल्यांकन, छविलगायत पनि हेरिने उल्लेख थियो । तर, सरुवाको सूचीमा केही यस्ता व्यक्ति पनि थिए, जसमाथि भ्रष्टाचारको गम्भीर आरोप विचाराधीन थियो । गम्भीर उजुरी रहेको खुलेपछि गृह…