ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक क्यालेण्डर बनाएर लागू गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक विकास र गुणस्तर सुधारका लागि नगरपालिकाले वार्षिक शैक्षिक क्यालेण्डर बनाएको हो । गत शैक्षिकसत्रमा विद्यार्थी तथा शिक्षक डायरी वितरण गरेर सबै विद्यालयको दैनिक अध्ययन, अध्ययापनको विवरण राख्ने नीति लिएको नगरपालिकाले चालु शैक्षिक वर्षमा भित्रेपात्रो बनाएर शिक्षण सिकाईमा…