काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र विवाद बढ्दै जाँदा नेपालका लागि चिनियाँ राजदूतको सक्रियता बढेको छ । मंगलबार नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । बिहानै खनाललाई भेट्न राजदूत यान्छी डल्लुस्थित खनालको निवासमा पुगेकी थिइन् । चिनियाँ राजदूतले सोमबारमात्रै वरिष्ठ नेता माधवकुमार नेपाललाइ भेटेकी थिइन् ।…