२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा नेता खनाल र राजदूत होउ यान्छीबीच भेटवार्ता



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र विवाद बढ्दै जाँदा नेपालका लागि चिनियाँ राजदूतको सक्रियता बढेको छ । मंगलबार नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । बिहानै खनाललाई भेट्न राजदूत यान्छी डल्लुस्थित खनालको निवासमा पुगेकी थिइन् ।

चिनियाँ राजदूतले सोमबारमात्रै वरिष्ठ नेता माधवकुमार नेपाललाइ भेटेकी थिइन् । उनको सक्रियताका कारण नेकपाको विभाजन टरेको विश्लेषण गरिएको छ । राजदूत होउले राजनीतिक सक्रियता बढाएपछि नेपाली काँगे्रस तथा राप्रपाले आपत्ति जनाएका छन् ।

राप्रपाका अध्यक्ष कमल थापाले रिमोटले चलेको गणतन्त्र ट्वीट गरेका छन् । यस्तै कांग्रेसका नेताले पनि विदेशी हस्तक्षेप बढेको भन्दै आलोचना गरेका छन् ।

प्रकाशित मिति : २०७७, २३ असार मंगलबार ००:००  ५ : ४४ बजे