२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेपछि बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने जनाएको छ ।

यसअघि कांग्रेस पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्दै कार्यतालिका पनि तयार पारेको थियो ।

कार्यतालिकालाई केन्द्रीय समितिले अन्तिम रुप दिन बाँकी छ ।

प्रकाशित मिति : २०७७, २१ असार आइतबार ००:००  ५ : ४१ बजे