काठमाडौं । न्याय माग्दै महोत्तरीबाट ११ दिन पैदल हिँडेर काठमाडौं पुगेका मिटरब्याज पीडितहरूले खुला आकाशमै रात बिताएका छन् । धर्नाका लागि काठमाडौंको खुलामञ्च प्रवेश गर्दा महानरले रोकेपछि उनीहरूले खुलामञ्च बाहिर नै रात बिताएका हुन् । आज बिहानै उनीहरू प्रधानमन्त्री निवास बालुवाटारतर्फ अगाडि बढेका छन् । निषेधित क्षेत्रमा प्रहरीले रोकेपछि अहिले टंगालमा उनीहरूले धर्ना दिइरहेका छन्…