काठमाडौं ।जाजरकोटमा भएको जीप दुर्घटनामा मृतकका आफन्तले शव बुझेका छैनन्। मापदण्डविपरीत बनेको सडक र चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै आफन्तले छलफल नगरी शव नबुझ्ने बताएका छन्। छलफलका लागि प्रमुख जिल्ला अधिकारीसहित आफूहरू घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटको प्रमुख प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले बताए। श्रेष्ठका अनुसार जीपका चालक फरार रहेको आशंका गरिएको छ।…