काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना पोजेटिभ देखिएको छ ।शनिबार स्वाब परीक्षण गराएका श्रेष्ठको आइतबार रिपोर्ट पोजेटिभ आएको हो।‘बिहीबार रूघाखोजी र ज्वरो आएको थियो। हिजो प्राइभेट ल्यावमा स्वाब परीक्षण गर्न दिएको थिएँ, आज रिपोर्ट पोजेटिभ आयो,’ उनले भने, ‘होम आइसोलेसनमा बसेको छु। ज्वरो, रूघाखोकी निको भइसकेको छ।’उनले यसअघि सांसद विनोद चौधरीलाई भेटेका थिए।…