काठमाडौं । काठमाडौं उपत्यकामा १५ दिन कर्फ्यू लगाउन उपत्यका नगरपालिका मेयर फोरमले माग गरेको छ । मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यू आदेश जारी गरी निषेधाज्ञालाई थप कडा बनाउनु माग गरेको हो । श्रेष्ठले केही दिन अत्यावश्यक सामग्री किनमेलका लागि सहज बनाइ…