जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिकाको एउटा वडामा रोचक परिणाम आएको छ । वडा नम्बर १ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार राम स्वगारथ यादव (भोरिल)ले १ मतको मतान्तरले विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार सुरेन्द्र सिंह कोइरीलाई पराजित गरेका हुन् । निर्वाचित यादवले ७२७ मत ल्याएका छन् भने उनको निकटम प्रतिस्पर्धी माओवादीका कोइरीले…