काठमाडौं । नेपाल मजदुर किसान पार्टीका नेता तथा सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आज (शनिबार) आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको हो । शंका लागेर यही भदौ १५ गते उनले परीक्षणका लागि स्वाब दिएका थिए । भक्तपुर नगरपालिकाले च्यामासिंहमा सञ्चालन गरेको जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना पुष्टि भएको हो ।…