काठमाडौं महानगरपालिका वडा नं. ७ को आयोजनामा चावहिलस्थित चन्द्रविनायक पार्क मैदानमा सम्पन्न अन्तरविद्यालय फुटबल महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। युवाहरूमा खेलकुदप्रति रुचि अभिवृद्धि गर्दै प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न विद्यालयका टिमहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा मनास्लु वल्ड स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको छ। विजेता टिमले ट्रफी, मेडल…