पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने पक्राउ परेका छन् । सहकारी ठगी र संगठित अपराधको कसुरमा अनुसन्धानका लागि पक्राउ परेका हुन् । सहकारी ठगीमा बिगोअनुसार २ देखि १० वर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था रहेको छ । त्यसमा संगठित अपराधमा पनि पुष्टि भए सहकारी ठगीमा हुने अधिकतम सजायको डेढीसम्म सजाय हुने छ ।…