खोटाङकाे रावाबेंसी गाउँपालिका–१ कुभिण्डेमा मंगलबार बिहान जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । रावाबेंसी गाउँपालिका–४ डुम्रेधारापानीबाट दिक्तेल आउँदै गरेको स १ ज ५५८ नम्बरको जिप नुनथला–ऐसेलुखर्क सडकअन्तर्गत कुभिण्डेमा बिहान ९ बजे दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार रावाबेंसी गाउँपालिका–४ की…