२०८३, ३१ भदौ बुधबार | Wed Sep 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माघदेखि बुटवलमा केबलकार सञ्चालनमा आउने



बुटवल।  रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पा जिल्लाको तिनाहुँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ।

हालै सम्पन्न कम्पनीको विशेष साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै केबलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको निर्माण आगामी पुसभित्र सम्पन्न हुने र माघ १ गतेदेखि सञ्चालनमा आउने बताए।

करिब तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरू निर्माण हुनेछन्। 

प्रकाशित मिति : २०७९, १६ श्रावण सोमबार ००:००  ३ : २२ बजे