२०८३, २० बैशाख आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओरालो लाग्दै सेयर कारोबार, आज ९१ करोडको मात्र कारोबार



काठमाडौं। सेयर बजार आज सामान्य घटेको छ । सोमबार सेयर कारोबार ९० करोड ९९ लाख रुपैयाँमा खुम्चिएको हो । आइतबार १ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको थियो । नेप्से परिसूचक ४.२ अंक घटेर १९७३ को विन्दुमा झरेको छ ।

आज २२४ वटा कम्पनीको २४ लाख ४४ हजार कित्ता सयर ९० करोड ९९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी हाइड्रोको नौ करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आझ रुरु जलविद्युतको सेयर साढे ६ प्रतिशतले घटेको छ । मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर भने साढे सात प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २०७९, २० भदौ सोमबार ००:००  ३ : ३४ बजे