२०८३, १५ कार्तिक शनिबार | Sat Oct 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नाइजेरियामा ११० जनाको घाँटी रेटेर हत्या



नाइजेरियामा इस्लामिक स्टेट आतंकवादी समूह बोको हरामले ११० जनाको क्रूर ढंगले हत्या गरेको छ ।

खेतमा काम गरिरहेकाहरुलाई नियन्त्रणमा लिएर हातखुट्टा बाँधी घाँटी रेटेर हत्या गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।
संयुक्त राष्ट्रसंघले यो हत्याको निन्दा गर्दै नाइजेरियाको अवस्थाप्रति चिन्ता प्रकट गरेको छ ।
घटना गत शनिबारको हो । पूर्वोत्तर नाइजेरियाको मैदुगुरी शहर नजिकको गाउँलाई बोको हरामले निशाना बनाएको हो । घटनास्थलमा सुरुमा ४३ शव फेला परेका थिए । तर पछि थप शव फेला परेर मारिनेहरुको संख्या ११० पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसंघका एक अधिकारी एडवर्ड क्यालनले भनेका छन्, ‘यो घटना निर्दोष नागरिकमाथि भएको यस वर्षकै सबैभन्दा हिंस्रक हो । म यो जघन्य अपराधीहरुलाई कारबाही गरेर न्याय दिलाउन आग्रह गर्दछु ।’
नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले पनि किसान मजदुरको हत्या गरिएको घटनाको निन्दा गरेका छन् । उनले यो घटनाबाट सिंगो देश घाइते भएको भन्दै उनले दोषिलाई पक्राउ गरी सजायँ दिलाउने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : २०७७, १५ मंसिर सोमबार ००:००  १२ : २१ बजे