२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुससँग लड्न थप सहयोग माग



एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले उत्तर एटलान्टिक सन्धी संगठन, नेटोको एक सम्मेलनलाई सम्बोधन गर्दै रुसविरुद्ध लड्न युक्रेनका लागि थप सहयोग माग गरेका छन्  ।

उनले  बुधबार नेटाको सम्मेलनलाई सम्बोधन गर्दै सो माग गरेका हुन्  । भिडियो लिंकका माध्यमबाट सो सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति जेलिन्स्किीले हाल युक्रेनलाई धेरै सहयोग चाहिएकोले सोको लागि आग्रह गरेका हुन्  ।

उनले अहिले युक्रेनका लागि प्रतिरक्षाका क्षेत्रमा सहयोग आवश्यक रहेको सो सम्मेलनमा बताए  । राष्ट्रपति जेलिन्स्किीले अहिले युक्रेनको रक्षाका लागि हवाई मिसाइल तथा स्थलगत रुपमा सुरक्षाको आवश्यकता परेको बताए  ।

युक्रेनका धेरै सहरहरुमा रुसले आक्रमण जारी राखेको र उसका विरुद्ध लड्न युक्रेनलाई धेरै हातहतियार तथा आधुनिक प्रविधिको खाँचो रहेको भन्दै उनले  सो सहयोगको खाँचो औँल्याए  ।

साथै उनले  युक्रेनका लागि प्रति महिना कम्तीमा पनि पाँच अर्ब अमेरिकी डलर सहयोगा आवश्यक रहेको पनि बताए  । रुसको म्याड्रिडमा यही जुन २८ देखि नेटोको सम्मेलन सुरु भएको छ । सो सम्मेलन जारी रहेको बताइएको छ ।

प्रकाशित मिति : २०७९, १६ असार बिहीबार ००:००  ३ : १८ बजे