२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रियसभाबाट बजेट आश्रित तीन वटै विधेयक पारित



काठमाडौं : राष्ट्रियसभाले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ ।

आज बसेको राष्ट्रियसभाको बैठकले बजेटसँग जोडिएर आएका आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत २५ औं संशोधन विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।

एमालेको अनुपस्थितिका बीच राष्ट्रिय सभाले बजेट आश्रित विधेयक पारित गरेर पुनः प्रतिनिधिसभामा पठाएको हो । बजेट आश्रित तीन वटै विधेयक गत असार छ गते प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रियसभाले आइतबार तीन वटै विधेयक पारित गरेर प्रतिनिधिसभामै फिर्ता पठाएको छ ।

राष्ट्रियसभाले संदेशसहित फिर्ता पठाएको तीन वटै विधेयकलाई प्रतिनिधिसभाले पारित गर्नुपर्ने हुन्छ ।विनियोजन विधेयक र बजेट आश्रित तीन वटै विधेयकलाई प्रतिनिधिसभाले पुनः पारित गरेपछि बजेट संघीय संसदबाट पुर्ण रुपमा पारित हुनेछ । प्रतिनिधिसभाको बैठक असार २० गते बोलाइएको छ । यी चार वटै विधेयक पुनः प्रतिनिधिसभाले पुनः पारित गरेपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणिकरण गरेपछि बजेट कार्यान्वयनको बाटो खुल्छ । राष्ट्रपतिबाट बजेट र बजेट आश्रित विधेयकहरु प्रमाणिकरण भएपछि मात्रै बजेट खर्च गर्ने बाटो खुल्ने संवैधानिक व्यवस्था छ । विधेयकहरु आगामी साउन एक गतेदेखि लागू हुनेछन् ।

प्रकाशित मिति : २०७९, १७ असार शुक्रबार ००:००  १२ : ३७ बजे