२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउनमा पनि दन्त शिविर ! ८७ जनालाई सेवा



काठमाडाैं । कोरोनाको संक्रमणका कारण लकडाउन गरिएको अवस्थामा पनि काठमाडाैं मा दन्त शिविर आयोजना गरिएको छ । दाँतको समस्यामा रहेकाहरुलाई सेवा दिने उद्देश्यले लकडाउनकै समयमा पनि दन्त शिविर आयोजना गरिएको हो ।

लायन्स क्लब अफ काठमाडौं ओखलढुंगा, प्रोग्रेसिभ बोर्डिङ स्कुलको आयोजना र ओम समाज डेण्टल हस्पिटल, चावहिल, नारी जागृति समाजको सहयोगमामा निःशुल्क दन्त शिविर सञ्चालन गरिएको थियो ।

लायन बर्ष २०२०/२०२१ लाई सफल बनाउने अभियान अन्तरगत आयोजित शिविरमा ८७ जनाले निःशुल्क दन्त परीक्षण तथा उपचार सेवा लिएको डिस्ट्रिक चेयरमेन तथा लायन्स क्लब अफ काठमाडौ ओखलढुंगाका चार्टर प्रेसिडेन्ट लायन बालकृष्ण दाहालले जानकारी दिए ।

सामाजिक कामलाई निरन्तरता दिने क्लवको नीति अनुसार लकडाउनको समयमा पनि उच्च सतर्कता अपनाएर दन्त सेवा शिविर चलाईएको लायन्स क्लब अफ काठमाडौ ओखलढुङ्गाका प्रेसिडेन्ट लायन नानीबाबु बुढाथोकीले बताए । क्लवले लकडाउन प्रभावितलाई राहत तथा उद्धारको अभियान समेत सञ्चालन गरेको थियो ।

शिविरमा ओम समाज डेण्टलका प्रमुख सुवास घिमिरे सहितका डा‍क्टरहरुले शिविरमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रकाशित मिति : २०७७, १८ असार बिहीबार ००:००  १ : २१ बजे