काठमाडौं । हिमचुली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको औपचारिक रुपमा समुद्घाटन भएको छ । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष धुर्ब थापाको प्रमुख आतिथ्यतामा सहकारीको उद्घाटन गरिएको हो । हिमचुली सहकारी संस्थाले फरक किसिमले जनतालाई सहज सेवा प्रदान गर्ने नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष धुर्ब थापाले विस्वस्त पारे ।
विशेष गरि निम्न आय भएकाहरुको आर्थिक स्थिति उकास्न मिलेर काम गर्ने हिमचुलि सहाकारी सांस्थाका प्रबन्धक गजेन्द्र खड्काले जानकारी दिए ।
हिमचुली सहकारीले तत्काल काठमाडौँ महानगरभित्रका तिन वडामा सेवा प्रवाह गर्ने र आवस्यकता अनुसार अन्य स्थानमा बढाईने सेवा बढाउने हिमचुली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष समुन्द्र गिरिले बताए ।
बिस करोड शेयर पूँजी रहेको सहकारीले सहज सुलभ र भरपर्दो सेवा प्रदान गर्ने बताईएको छ ।