२०८१, ६ जेठ आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेष्ठ नागरिकलाई विमामा समेट्दै मानेभञ्ज्याङ गाउँपालिका



ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले जेष्ठ नागरिकलाई विमा अभियानमा समेट्न थालेको छ । जानकारी अभावमा नेपाल सरकारको विमा कार्यक्रम भित्र नपरेका गाउँपालिका भित्रका सबै जेष्ठ नागरिकलाई समेट्न थालेको हो ।

सामाजिक सुरक्षा भत्ता पाउने उमेरका जेष्ठ नागरिकलाई भत्ता उपलब्ध गराउँदा विमा समेत गराउन थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी भट्टराईले जानकारी दिए । उनका अनुसार सबै वडाका टोलबस्तिमा पुगेर सामाजिक सुरक्षाभत्ता सँगै विमाको पोलिसी पनि जेष्ठ नागरिकलाई हस्तान्तरण गरिने छ । ‘विमा कार्यक्रम सञ्चालनमा छ तर यसको जानकारी नभएर केहीले महत्व नबुझेर पनि छुटेको पाईयो ।’ भट्टराईले भने,‘सबैलाई समेट्न टोलबस्ति वडामा अभियानमा रुपमा हामीले पनि सहयोग गर्ने लक्ष्य राखेका छौं । यो गाउँपालिकाको छुट्टै नीति कार्यक्रम भित्रको विमा अभियान होईन ।’ सरकारले जेष्ठ नागरिकको निशुल्क विमा गर्ने नीति त्याए पनि जानकारी अभावमा उनीहरु सेवाबाट बञ्चित छन् । विमा गरेका हरेक नागरिकले वर्षमा एक लाख सम्मको उपचार निशुल्क हुने व्यवस्था छ ।

प्रकाशित मिति : २०७७, १९ असार शुक्रबार ००:००  ८ : ५४ बजे