२०८२, १२ जेठ आइतबार | Sun May 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांसदले गुरुङले भनिन्- मेरो घरमा बम हानियो, प्रहरी भन्छ – पटाका हो

आजीवन व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) पाउनुपर्ने माग



काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) की सांसद रेणुका गुरुङले मंगलबार प्रतिनिधि सभा बैठकमा आफूलाई लक्षित गरी बम प्रहार भएको बताइन्। आफू बस्ने ठाउँमा बम हानिएको भन्दै उनले आजीवन व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) पाउनुपर्ने माग राखिन्।

आफूलाई लक्षित गरी आफ्नो घरमा बम प्रहार भएपछि प्रहरीमा खबर गरेको सांसद गुरुङको भनाइ छ। उनको घर रहेको क्षेत्र प्रहरी वृत्त महाराजगञ्जअन्तर्गत पर्छ। प्रहरी वृत्त महाराजगञ्जले भने उनले भनेको जस्तो बम प्रहार नभएको बताएको छ।

प्रहरी वृत्त महाराजगञ्जले  बम प्रहार भयो भनेर खबर गरेपनि  सामान्य पटाका मात्रै भएको बताएको छ ।

प्रहरीले पहिले नै पटाका मात्रै हो भनेर ‘क्लियर’ गराएको बताए पनि सांसद गुरुङले भने आफ्नो ज्यानमाथि नै खतरा भएको भन्दै मंगलबार संसद् बैठकमै उक्त घटनालाई उठाइन्।

प्रकाशित मिति : २०७९, १७ श्रावण मंगलबार ००:००  ४ : १० बजे