२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घटना अनुसन्धान गर्न दिनेशका दाजु राजेन्द्रले दिए प्रहरीमा जाहेरी



काठमाडौं ।  तारकेश्वर नगरपालिका- २ पदमसालमा एकैघरका चारैजनाको शव परिवारका सदस्यले बुझेका छन् उनीहरूको मंगलबार साँझ पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

प्रहरीले सोमबार बिहान तारकेश्वर- २ पादमसालस्थित एकतलेघरमा सुनिता पाण्डेसहित उनका श्रीमान् ४१ वर्षीय दिनेश पाण्डे, १३ वर्षकी छोरी आशिका र आठ वर्षका छोरा आशिक मृत फेला पारेको थियो । घटनास्थलको मुचुल्कापछि पोस्टमार्टम गर्न प्रहरीले चारैवटै शवलाई महाराजगन्जस्थित शिक्षण अस्पताल लगेको थियो ।

पोस्टमार्टमपछि मृतक दिनेशका दाजु राजेन्द्रले शव बुझेको प्रहरीले जानकारी दिएको छ ।

शव बुझ्नुअघि राजेन्द्रले प्रहरी वृत्त बालाजुमा घटनाको निष्पक्ष अनुसन्धान गर्न भन्दै जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा घटनाको अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट सुनिता, आशिका र आशिकको हत्या दिनेशले गरेको र त्यसपछि उनले आत्महत्या गरेको प्रहरीको दाबी छ । तर, घटनाको आधिकारिक धारणा भने प्रहरीले सार्वजनिक गरिसकेको छैन ।

प्रकाशित मिति : २०७९, १८ श्रावण बुधबार ००:००  १० : ४४ बजे