२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खप्तड लघुवित्तको आइपिओ खुला, कति कित्ता दिने आवेदन ?



खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको छ।

कम्पनीले बुधबारदेखि प्रतिकित्ता रु. एक सयअंकित मूल्यमा रु. एक करोड ३२ लाख मूल्यबराबरका एक लाख ३२ हजार कित्ता सेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)मार्फत बिक्री खुला गरेको हो। कम्पनीले निष्कासन गरेको साधारण सेयरमा कुल जारी पुँजीको ०.५ प्रतिशत अर्थात् दुई हजार कित्ता सेयर कर्मचारीलाई र निष्कासित सेयरको पाँच प्रतिशत अर्थात् ६ हजार ६ सय कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी एक लाख २३ हजार चार सय कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ।

सर्वसाधारणले यही भदौ १२ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार तीन सय २० कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिमा मागबमोजिम आवेदन नआए भदौ २२ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ।

नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोसेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ। धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्युयर बिबी माइनस’ रेटिङ प्रदान गरेको छ।

प्रकाशित मिति : २०७९, ८ भाद्र बुधबार ००:००  ११ : ५९ बजे