२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ह्वात्तै बढ्यो डेंगु, ललितपुरमा ५३० संक्रमण



ललितपुर। ललितपुरको पाटन अस्पतालमा डेंगुका बिरामीको चाप ह्वात्तै बढेको छ । अस्पतालमा दैनिक ४० देखि ५० जना डेंगुका बिरामी देखिन थालेका छन् । पाटन अस्पतालका निर्देशक डाक्टर रवि शाक्यका अनुसार गम्भीर प्रकृतिका बिरामी न्यून भए पनि संक्रमणदर ह्वात्तै बढेको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार असारयता ललितपुरमा ५३० जनामा डेंगुको लक्षण भेटिएको छ । डेंगु रोगले महामारीकै रुप लिने अवस्थामा पुगेको स्वास्थ्य कार्यालयका प्रमुख सतिस विष्ट बताउछन् ।

सुरुमा नखिपोट र लगनखेलमा डंगुका बिरामी भेटिएका थिए । अहिले सातदोवाटो, गावाहाल, भैसेपाटीलगायत क्षेत्रमा फैलिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

प्रकाशित मिति : २०७९, १० भाद्र शुक्रबार ००:००  १ : ४९ बजे