२०८१, ७ मंसिर शुक्रबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशैं तिहारलाई २६ भदौदेखि नयाँ नोट साट्न पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं, तिहारलाई लक्षित गर्दै भदौ २६ गतेदेखि नयाँ नोट साट्ने सुविधा उपलब्ध गराउने भएको छ ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार भदौ २६ देखि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउन लागिएको हो ।

बैंकले भदौ २० गतेपछि मात्र कहाँबाट नयाँ नोट साट्न पाइने भनेर सूचना निकाल्नेछ । उसले सबै बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकमार्फत नयाँ नोट साट्न सक्ने जनाएको छ ।

बैंकले प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक नयाँ नोट उपलब्ध गराउनेछ ।

प्रकाशित मिति : २०७९, १४ भाद्र मंगलबार ००:००  १ : ५७ बजे